
२४ साउन, काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले क्विक रेस्पोन्स टिम (क्यूआरटी)लाई प्रविधिमैत्री बनाएको छ ।
ललितपुर परिसर र मातहतका कार्यालयहरुमा क्युआरटीमा खटिने प्रहरीलाई ‘बडी वर्न क्यामेरा’सहित परिचालन हुने भएका छन् ।
नागरिकको गुनासो तथा समस्यालाई तत्काल सम्बोधन गर्न घटनाको यर्थाथ चित्रण गर्न बडी वर्न क्यामेरासहितको क्यूआरटी परिचालन गरिएको परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाले बडी वर्न क्यामेरासहितको क्युआरटीको उद्घाटन गरेका थिए । विपद्को अवस्थामा यथाशीघ्र उद्धार, शंकितलाई छिटो पक्राउ गर्न, सूचना संकलन गर्न र चुस्त कार्यसम्पादनका लागि भन्दै क्यूआरटी परिचालन हुँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4