+
+

‘जवान’लाई उछिन्दै ‘कल्की’ बन्यो भारतमा चौथो धेरै कमाउने फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते ११:५६

काठमाडौं । प्रभास स्टारर फिल्म ‘कल्की : २८९८ एडी’ भारतीय बक्स अफिसमा चौथो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । स्याकनिकल्कका अनुसार फिल्मले शाहरुख खानको ‘जवान’ (२०२३) लाई सूचीमा पछि पारेको छ ।

भारतमा ‘कल्की : २८९८ एडी’ले रिलिजको ४० दिनपछि सबै भाषामा ७६० करोड भारु ग्रस कमाइ (६४० करोड भारु नेट) पार गरेको छ । ‘जवान’को ग्रस कमाइ ७६० करोड थियो । फिल्मले नेट र ग्रस दुवै कलेक्सनमा ‘जवान’लाई उछिनेको छ ।

रिपोर्टअनुसार ‘कल्की’को हिन्दी संस्करणले ३५० करोड ग्रस (२९० करोड नेट) कलेक्सन गरेको छ । तेलुगु संस्करणमा भने ३३५ करोड कमाएको छ । तमिल, मलयालम र कन्नड संस्करणले अहिलेसम्म लगभग ७५ करोड भारु कमाएका छन् ।

प्रभासको ‘बाहुबली २’ एक हजार ४१७ करोड ग्रस (एक हजार ३० करोड नेट भारु)सहित सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको ‘केजीएफ २’ को कलेक्सन एक हजार एक करोड ग्रस (८६० करोड नेट) छ । तेस्रो स्थानमा रहेको ‘आरआरआर’को कलेक्सन ९१६ करोड ग्रस (७८२ करोड नेट) छ ।

नाग आश्विन निर्देशित फिल्ममा प्रभाससहित अमिताभ बच्चन, दीपिका पादुकोण, र कमल हसनको मुख्य भूमिका छ । नेपाली बक्स अफिसमा पनि यसले राम्रै कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?