+
+

कुन हो सन्तान जन्माउन यौन सम्पर्क गर्ने पृथ्वीको पहिलो जीव ?

एजेन्सी एजेन्सी
२०८१ साउन २४ गते १३:४०

संसारमा धेरै प्रकारका जीवजन्तु छन् जसले सन्तान प्राप्तिका लागि यौन सम्बन्ध कायम गर्दछन् । कुकुर, बिरालो, पन्छी र मौरीदेखि हामी मानिससम्मले प्रजननका लागि यौन सम्पर्क गर्दछन् । तर, सन्तान उत्पादनका लागि यौन सम्बन्ध राख्ने पृथ्वीको पहिलो जीवको बारेमा हामीलाई थाहा नहुन सक्दछ ।

वैज्ञानिकहरुका अनुसार सन्तानोत्पादनका लागि यौन सम्बन्ध बनाउने पृथ्वीको पहिलो जीव समुद्री स्पन्ज हो । युनिभर्सिटी अफ हवाइका वैज्ञानिकहरुले यो तथ्य पत्ता लगाएका हुन् ।

करिब ८० करोड वर्षअघि स्पन्जले यौन सम्बन्ध कायम गरेसँगै आफ्नो पार्टनरको हत्या गर्ने गर्दथ्यो र सिकार गर्दथ्यो ।

अयोवा विश्वविद्यालयका जीव वैज्ञानका प्राध्यापक जोन लंग्सडनका अनुसार पहिलोटक यौन सम्पर्क गर्ने जीवले त्यसअघि बाटै यौन सम्पर्क बनाउने गर्दथ्यो, तर त्यो कुरा पत्ता लगाउन सहज थिएन ।

जोन लंग्स्डनका अनुसार त्यसका लागि उनीहरुले मियोसिसको जाँच गरे । अर्थात् कोशिकाहरु टुक्रिएर बन्ने प्रजनन् कोशिका, जसलाई युक्यारियोट्स भनिन्छ । यो एउटा कोशिकाभित्र हुने केन्द्रक अर्थात् न्युक्लियस हो । आखिर युुक्यारियोट्स सबैभन्दा पहिले कहिले पैदा भयो ?

वास्तवमा पहिलोपटक कुन जनावरले यौन सम्बन्ध कायम गरेको थियो भन्ने कुरा युक्यारियोट्सले नै बताउन सक्दछ । शोधकर्ताहरुका अनुसार त्यो कार्य करिब २ सय करोड वर्षअघि भएको थियो ।

यो त्यसबेलाको कुरा हो जब एउटा सामान्य ब्याक्टेरियाले केही वंशाणुगत जानकारीहरुलाई आपसमा त्यस्तो खालको आदानप्रदान सुरु गर्यो । तर त्यसलाई यौन सम्पर्क भन्न सकिंदैन । किनकि त्यो शारीरिक क्रिया होइन ।

त्यसो भए मानिस वा जनावरहरुले गर्ने यौन क्रियाकलाप, जसलाई कपुलेसन भनिन्छ, त्यो कहिलहे सुरु भएको थियो त ?

यसको जाँचका क्रममा सबैभन्दा पहिलो अन्तरंग यौन प्रजनन डेभिनियन कालमा अस्तित्वमा रहेको प्लेकोडर्म माछा, अहिलेको माइक्रोबेचियस डिकी माछामा भएको थियो । यो घटना करिब ४१.९ करोड देखि ३५.९ करोड वर्षअघिको कुरा हो ।

भाले माइक्रोबेचियस डिकी माछासँग विशेष खालको हत्केलायुक्त समाउने हात हुन्थ्यो, जसले पुरुष लिंगले जस्तै काम गर्दथ्यो । यसले पोथी माछालाई आन्तरिक रुपमा गर्भाधान गर्नमा सहयोग गर्दथ्यो ।

त्यस्तै पोथीको शरीरमा भाले हातलाई साथ दिने खालको अंग थियो । उक्त माछाले समुद्रमा यौन सम्पर्क गर्ने बेलामा गोता लगाइरहन्थ्यो । त्यसपछि जब त्यसका बच्चा पैदा हुन्थे, तब पनि भाले तथा पोथी माछा त्यसरी नै गोता लगाइरहेका हुन्थे ।

यौनिक प्रजननको फाइदा के ?

विपरीत लिंगीसँगको यौन सम्पर्कविना एउटै जीवले बच्चा पैदा गने प्रजनन क्रियालाई एसेक्सुअल रिप्रोडक्सन भनिन्छ । यसमा बच्चाको शरीरमा केवल एउटा जीवको मात्रै जिन आउँछन् । तर, जब भाले पोथीको समागमबाट बच्चा जन्मिन्छ, त्यसमा दुवैका जिन आउँछन् । यसले बच्चालाई भविष्यमा वातावरणमा जीवित रहने शक्ति तथा क्षमता प्रदान गर्दछ । शार्क एसेक्सुअल हुन्छ । जेलीफिसले त यसै गरेर आफ्नो क्लोन बनाउन्छ । तर यौनिक प्रजननबाट वातावरणमा भैरहेको परिवर्तनसँग समेत अनुकुलित हुन सहयोग पुग्दछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?