+
+

बिमस्टेक चेम्बर गठन हुँदै, महासंघ संस्थापक सदस्य

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १४:१६

२४ साउन, काठमाडौं । बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने भएको छ ।

बिमस्टेक विजनेस समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् प्रतिनिधि र बिमस्टेक महासचिव इन्द्रमणि पाण्डे सम्मिलित बैठकले सो निर्णय गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने भएको छ ।

आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले खुसी व्यक्त गरे ।

उक्त बैठकमा सहभागी अध्यक्ष ढकालले चेम्बर विधान बनाई तत्काल कार्यान्वयन गर्न आह्वान गरे ।

बिमस्टेक राष्ट्र चेम्बरका प्रतिनिधिहरूको बुधबार बसेको बैठकमा उक्त निर्णय गरिएको थियो ।

बिमस्टेक चेम्बरको स्थापना भएपछि यसले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ ।

बैठकमा भएको वार्ताअनुसार भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ ।

चेम्बरको अध्यक्षता वर्णानुक्रम अनुसार हुनेछ । सो बैठकमा अध्यक्ष ढकाल सहित महासंघका पूर्वअध्यक्ष भवानी राना र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?