+
+

पिपुल्स इनर्जीले बोर्डसँग माग्यो आईपीओ जारी गर्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १३:३०

२४ साउन,  काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको हो ।

आईपीओ जारी गर्न सबै प्रक्रिया पूरा गरी बोर्डमा आवेदन दिइएको पिपुल्स इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल र सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

पिपुल्सलाई आईपीओ जारी गर्न विद्युत् नियमन आयोगले गत २२ साउनमा सहमति दिएको थियो ।

धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने छ ।

कम्पनीले दोलखा र रामेछापको सीमा नदी खिम्ती खोलामा ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

२०८१ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाका हेडवर्क्स, इन्टेक, सुरुङ, विद्युत् गृहलगायत संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको पिपुल्सका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए ।

आयोजनाको हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण जडानकार्य जारी छ ।

आयोजनाबाट उत्पादित विद्युत् गर्ज्याङ–खिम्ती सबस्टेसनमा चार्ज गर्ने गरी भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) १ सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको कामसमेत जारी रहेको अर्यालले बताए ।

सानिमा बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन भएको उक्त आयोजनाको हालसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?