+

एभरेष्ट वुमन्स भलिबल लिगको फ्रेन्चाइज टिम घोषणा

२०८१ साउन  २४ गते १४:५६ २०८१ साउन २४ गते १४:५६
एभरेष्ट वुमन्स भलिबल लिगको फ्रेन्चाइज टिम घोषणा

२४ साउन, काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लूभीएल) टिमको नाम सार्वजनिक भएको छ ।

आयोजक इनफिनिटी ड्रिम्सले बिहीबार एक कार्यक्रम गर्दै ६ फ्रेन्चाइज टिमको घोषणा गरेको हो ।

यसका लागि ६ फ्रेन्चाइज टोलीको घोषणा गरिएको छ ।

काठमाडौं, ललितपुर, गण्डकी, चितवन, कर्णाली र मधेशबाट टिम राखिएको छ ।

इन्फिनिटी ड्रिम्सले महिला फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघसँग ७ वर्षको लागि सम्झौता गरिसकेको छ र लिग गरेवापत वार्षिक २५ लाख भलिबल संघलाई दिनेछ ।

नेपाली भलिबल इतिहासमा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग आयोजना हुन लागेको छ । आयोजकले आधिकारिक रुपमा लिगको मिति घोषणा गरेको छैन । यद्यपी दशैँ अघि नै लिग गर्ने आयोजकको तयारी छ ।

आयोजक इन्फिनिटी ड्रिम्सका प्रवन्ध निर्देशक आमिर अख्तरले केही दिनमै मिति सार्वजनिक गरिने जानकारी दिए ।

यस्तै फ्रेन्चाइजले केही दिनमै आ-आफ्नो टिममा नाम समेत सार्वजनिक गर्नेछ । बिहीबारकै कार्यक्रममा मधेशले आफ्नो टिमको नाम मधेश युनाइटेड राखेको घोषणा गरेको थियो ।

यस्तै हरेक टिममा १२ जना खेलाडी हुनेछन् । त्यसमा ९ जना नेपाली र ३ विदेशी खेलाडी रहने आयोजकले जनाएको छ । नेपाली खेलाडीको ड्राफ्ट केही दिनभित्रै हुनेछ । जसमा तीन क्याटेगोरीमा राखेर खेलाडी ड्राफ्ट गरिनेछ । क्याटेगोरी ए का खेलाडीले १ लाख ५० हजार, क्याटेगोरी बी का खेलाडीले १ लाख तथा क्याटेगोरी सी का खेलाडीले ५० हजार पाउने इन्फिनिटी ड्रिम्सका प्रवन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले यो रकम सानो देखिएपनि भलिबलमा सुरुवात भएको र यसलाई स्थायित्व गर्दै दिगो रुपमा अघि बढाउने उदेश्य रहेको बताए ।

 

इडब्लुभिएलमा सहभागी टिम र प्रवर्द्धक

टिम काठमाडौंः शरद कृष्ण टिबरेवाला

टिम ललितपुरः अनुज एम तिमिल्सिना, अनोज रिमल र विरोचन खनाल (कोरसिंक नेपाल)

टिम मधेशः रोहित अग्रवाल र विशाल अग्रवाल

टिम गण्डकीः सौरभ केडिया

टिम चितवनः निम्बस होल्डिंग्स

टिम कर्णालीः राजेश बगडिया र प्रतिक अधिकारी

 

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

एभरेष्ट वुमन्स भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय