+
+

ग्लोबल आईएमई बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल एन्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १५:२०

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले ल्यान्डमार्क होटल एन्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । दुई संस्थाबीच छुट उपलब्ध गराउने विषयमा समझदारी भएको छ ।

समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका ट्रान्जेक्सन बैंकिङ–सेल्स तथा बिजनेस विभाग प्रमुख प्रकाश पौडेल र ल्यान्डमार्क होटल एन्ड रिर्सोटका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल एन्ड रिर्सोटको काठमाडौं, पोखरा, चितवन र भैरहवामा सञ्चालति होटल एन्ड रिसोर्टहरूले १० देखि १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने छन् ।

बैंकका ग्राहकले ती होटल एन्ड रिर्सोटमा उपलब्ध सेवामध्ये बेड एन्ड ब्रेकफास्ट, खाना तथा सञ्चालनमा रहेका अन्य सुविधाहरूमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

समझदारी अनुसार रिसोर्टले उपलब्ध गराउने सेवा उपभोग गरे बापतको भुक्तानी बैंकका डेबिट/क्रेडिट कार्डबाहक तथा मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लसमार्फत गर्ने ग्राहकले छुट प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?