+
+

रुसी सेनामा मारिएका पाँच जनाको अस्थि पशुपतिमा सेलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १७:०७

२४ साउन, काठमाडौं ।  रुस–युक्रेन युद्धमा माएिका पाँच जना नेपालीको अस्थि नेपाल आइपुगेको छ ।

रुसी सेनामा भर्ना भएर रुस–युक्रेन युद्धमा माएिका कास्कीका देवन राई, स्याङ्जाका पितम कार्की, स्याङ्जाका हरिप्रसाद अर्याल, स्याङ्जाका गणेश श्रेष्ठ र महोत्तरीका अनितकुमार शाहको अस्थि नेपाल आइपुगेको हो ।

रुसी सेनामा मारिएका नेपालीहरुको अस्थि पहिलो पटक नेपाल आइपुगेको हो ।  बुधबार रुसबाट आएको मृतकको अस्थि बुझेको मृतकका परिवारले जनाएका छन् ।

उनीहरुले बिहीबार सामूहिक रुपमा अस्थि पशुपतिको आर्यघाटमा सेलाएको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिइन् । मृतकका परिवारले भने यसअघि नै कुशको शव बनाएर दाहसंस्कार गरिसकेका थिए ।

नेपाल सरकारले रुसी सेनामा भर्ना भएका ३४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृतक परिवारले भने यो संख्या धेरै भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?