+
+

एआईजी जोशीलाई दर्ज्यानी चिह्न प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १८:३८

२४ साउन, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा भएका रामदत्त जोशीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

बिहीबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

२२ साउनको मन्त्रीपरिषद्को निर्णय अनुसार उनी एआईजीमा बढुवा भएका थिए। जोशीको कार्य विभागमा पदस्थापन भएको छ ।

त्यसैगरी प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएका दिपेश जोशीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

दज्या नी चिन्ह प्रदान गर्दै आईजी कुँवरले विशिष्टिकृत ढंगले कार्यसम्पादन गर्न निर्देशन दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?