+
+

बडिगाड पहिरो : थप दुई जनाको शव भेटियो, एक जना अझै बेपत्ता

रासस रासस
२०८१ साउन २४ गते २०:३१

२४ साउन, ढोरपाटन । गत मंगलबार बिहान बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरामा परेर बेपत्तामध्ये थप एक जनाको शव  भेटिएको छ । एक जना अझै बेपत्ता छन् । पहिरामा परेर बेपत्ता ११ वर्षीय मनोज बुढाको शव बिहीबार साँझ भेटिएको  हो ।

११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गतले जानकारी दिए । पहिराले घर पुरिँदा बेपत्ता भएका थापाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरी खोजी कार्य भइरहेको उनको भनाइ छ ।

पहिरोले घर पुरिँदा स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिने छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मङ्गलबार नै  भेटिएको थियो ।

तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । आज दुई जनाको शव फेला परेको उनको भनाइ छ । बिहान सात वर्षीया मधु बुढाको शव फेला परेको थियो भने केही बेर अगाडि मनोज बुढाको शव फेला परेको अध्यक्ष अधिकारी बताउँछन् ।

अध्यक्ष अधिकारीका अनुसार पहिरामा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टरमार्फत उपचार गर्न काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार हुँदैछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?