+

रिक्शन र सुस्मिता बने आईटीएफ तेक्वान्दोको वर्ष उत्कृष्ट खेलाडी

२०८१ साउन  २४ गते २०:२४ २०८१ साउन २४ गते २०:२४
रिक्शन र सुस्मिता बने आईटीएफ तेक्वान्दोको वर्ष उत्कृष्ट खेलाडी

२४ साउन, काठमाडौं । बागमती प्रदेशका रिक्शन वाइवा र गण्डकी प्रदेशकी सुस्मिता थापा यस वर्ष नेपाल आईटीएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल आईटीएफ तेक्वान्दो महासंघले आफ्नो २७ औं वार्षिकोत्सवका अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसँगै प्रशिक्षक र जिल्लालाई पुरस्कृत गरेको हो ।

कोशीकी सजिना तामाङ यस वर्षको उदीयमान खेलाडीका रूपमा पुरस्कृत भइन् ।

महासंघका अध्यक्ष प्रविणकुमार कार्कीले वार्षिकोत्सवको कार्यक्रम अन्तर्गत अन्तिम दिने वर्षभरि उत्कृष्ट योगदान दिने खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई पुरस्कृत गरेको हो ।

यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड लुम्बिनीका कृष्ण थापामगरले प्राप्त गरे । महासंघले उदीयमान प्रशिक्षकका रूपमा मनोज पुलामी मगरलाई पुरस्कृत गरेको छ ।

उत्कृष्ट प्रदेश लुम्बिनी र उत्कृष्ट जिल्ला काठमाडौंले प्राप्त गर्‍यो ।

खेलाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय