+
+

हत्या अभियोगमा जन्मकैदको सजाय पाएका पूर्वशिक्षक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते २०:४३

२४ साउन, जनकपुरधाम । धनुषामा गोली हानेर हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका १३ का ५६ वर्षीय पवन महतो रहेका छन् ।

पूर्व शिक्षक समेत रहेका महतोमाथि २०६५ सालमा स्थानीय नागेन्द्र यादवको गोली हानेर हत्या गरेको अभियोग छ ।

महतोलाई ८ माघ २०८० सर्वोच्च अदालतका जन्मकैद सजाय सुनाएको थियो ।

लामो समयदेखि फरार महतोलाई बिहीबार सबैला बजारबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषामा हाजिर गराएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?