+
+

भक्तपुरको नागदहमा नागपूजा (तस्वीर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ साउन २५ गते १०:२५

२५ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागपञ्चमीको अवसरमा नागदह, नागस्थान लगायतमा पूजा गर्ने चलन छ ।

यही चलन अनुसार काठमाडौं भक्तपुरको नागदहमा पनि श्रद्धालुहरुको घुइँचो छ । श्रद्धालुहरुले नागको चित्र वा प्रतिमामा फूल, अक्षता, दूध चढाएर पूजा गर्दछन् । घरको मूल ढोकामा नागको चित्र पनि टाँस्छन् । यसो गर्दा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

यही विश्वासको साथ हरेक वर्ष भक्तपुरको नागदह, काठमाडौंको नागपोखरी र टौदहमा पूजा गर्नेहरुको घुइँचो लाग्दछ ।

हेर्नुहोस् भक्तपुरको नागदहको तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?