+
+

जहाजभित्र यात्रुबीच होहल्ला भएपछि धावनमार्गबाट फर्काइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते ११:३३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङमा रहेका श्री एयरलाइन्सका जहाज । फाइल फोटो

२५ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान गर्ने क्रममा रहेको श्री एयरलाइन्सको जहाजभित्र यात्रुहरुबीच होहल्ला भएपछि सो जहाज धावनमार्गबाट फर्काइएको छ ।

आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त जहाजलाई धावनमार्गबाट पार्किङमा फर्काइएको श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।

मानन्धरका अनुसार जहाजभित्र यात्रुबीच होहल्ला भएपछि अन्तर्राष्ट्रिय नियमअनुसार नै ग्राउण्ड भए फर्काउने र आकाशमा भए आकस्मिक अवतरण गराइन्छ । यात्रुका कारण उडान सुरक्षामा कुनै खतरामा नहोस् भनेर यसो गर्ने गरिन्छ ।

पार्किङमा फर्काइएको जहाजका यात्रुबीच मिलापत्र गरी सोही जहाज पुनः सुर्खेत उडाइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?