+
+
फ्राइडे रिलिज :

हलमा लागे ‘नम्बरी सुन’ र हलिउडको ‘बोर्डरल्याण्ड्स’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १२:०८

काठमाडौं । शुक्रबारदेखि हलमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘नम्बरी सुन’ र हलिउडको ‘बोर्डरल्याण्ड्स’ रिलिज भएका हुन् ।

‘नम्बरी सुन’ ड्रामा जनरामा आधारित फिल्म हो । राजु गिरी निर्देशित फिल्ममा नम्रता सापकोटा, सरोज खनाल, गौरव पहारी र बुद्धि तामाङको अभिनय छ । यसको रनटाइम १३० मिनेट र सर्टिफिकेट पीजी छ ।

नेपालमा सुनको इतिहास कसरी सुरु भयो र त्यसले समाज, परिवार र सम्बन्धमा ल्याउने उतारचढावको कथा यसमा प्रस्तुत गरिएको छ । यो फिल्मले नेपालको प्राचीन समाजलाई दर्शाउने जनाइएको छ ।

अंग्रेजी भाषाको ‘बोर्डरल्याण्ड’ एक्सन, कमेडी र एड्भेन्चर जनरामा निर्माण भएको हो । एलि रोथ निर्देशित फिल्ममा केट ब्लान्चेट, एरियाना ग्रीनब्लाट, हेलेनी बानेटको शीर्ष भूमिका छ ।

सबैभन्दा धेरै बिक्री हुने भिडियो गेममा आधारित यो स्टारले भरिएको फिल्मले एक हराएकी केटीको खोजीको कथा भन्छ । जोसामु अलौकिक शक्तिको साँचो छ । मुख्य पात्र यो केटीको खोजीमा निस्कन्छन् र उनीहरुले यो यात्रामा धेरै संघर्ष गर्नुपर्छ ।

पछिल्लो साता नेपाली बक्स अफिसमा हलिउड फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’को राम्रो प्रभाव रहँदा दुई नयाँ फिल्म प्रदर्शनमा आइपुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?