+
+

यो साता ओटीटीमा ‘फिर आई हसिन दिलरुबा’देखि ‘चन्दु च्याम्पियन’सम्म

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १२:२७

काठमाडौं । यो साता फिल्म र सिरिज पछ्याउने दर्शकलाई ओटीटी प्लाटफर्ममा नयाँ स्वाद मिल्नेछ । नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी प्लस हटस्टार, जी फाइभसहितका प्लाटफर्ममा नयाँ फिल्म र श्रृंखला आउनेछन् ।

प्रतीक्षित फिल्म जसलाई तपाईंले थिएटरमा हेर्न सक्नुभएन, यी फिल्म पनि सूचीमा छन् ।

मलायलम भाषाको एक्सन कमेडी फिल्म ‘टर्बो’ सोनी लाइभमा स्ट्रिमिङ सुरु भएको छ । मिधुन म्यानुअल थोमस निर्देशित र निर्मित यो फिल्ममा अभिनेता मामोथीको शीर्ष भूमिका छ । फिल्ममा अञ्जना जयप्रकाश र राज बी सेट्टी पनि मुख्य भूमिकामा छन् ।

जीप चालक जोस समस्यामा पर्छन् र भारतको चेन्नईमा जान बाध्य हुन्छन् । उनी आफ्ना प्रिय साथी इन्दु र मिल्ने साथीसँग समस्यामा फस्छन् । यी तीनसामु एक नयाँ आश्चर्यपूर्ण घटना हुन गइरहेको हुन्छ ।

नेटफ्लिक्समा बलिउड फिल्म ‘फिर आई हसिन दिलरुबा’ शुक्रबारबाट रिलिज भएको छ । सन् २०२१ को रोमान्टिक थ्रिलर ‘हसिन दिलरुबा’को नयाँ श्रृंखला हो ।

जयप्रद देसाई निर्देशित र कनिका ढिल्लन लिखित यो फिल्ममा तापसी पन्नु, विक्रान्त मेसी र सन्नी कौशलले अभिनय गरेका छन् । आग्रामा प्रहरीलाई छल्ने क्रममा रानी र रिशु सँगै भाग्ने योजना बनाउँछन् । जब तिनीहरूको योजना बिग्रिन्छ, रानीले एक नम्र स्वभावको प्रशंसकलाई मद्दतका लागि सोध्छिन् ।

हलमा रिलिज भइसकेको स्पोर्ट्स ड्रामा शुक्रबारदेखि अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुँदैछ । मुरलीकान्त पेटकरको वास्तविक जीवनमा आधारित यो फिल्ममा कार्तिक आर्यनले शीर्ष भूमिका निर्वाह गरेका छन् ।

सानैदेखि ओलम्पिकको स्वर्णपदक जित्ने सपना देखेको मुरलीले आफ्नो सपना पूरा गर्न भारतीय सेनामा भर्ती हुनुपर्छ । यसका लागि उसले थुप्रै संघर्षका श्रृंखला पार गर्नुपर्छ । यो फिल्म दर्शकका लागि प्रेरणादायी हुनसक्छ ।

हिन्दी भाषाको फेन्टासी थ्रिलर सिरिज फिल्म शुक्रबारदेखि जी फाइभमा स्ट्रिमिङ सुरु भएको छ । कीर्तिका कार्मा, राघव जुयाल, धैर्य कार्वाको शीर्ष भूमिका रहेको यो सिरिज दक्षिण कोरियाली ड्रामा ‘सिग्नल’को एडप्टेसन हो । यो टाइम ट्राभलको कथावस्तुमा आधारित छ ।

नेटफ्लिक्समा शुक्रबार नै कोरियन कमेडी, एक्सन, थ्रिलर फिल्म ‘मिसन क्रस’ रिलिज भएको छ । लायन्सगेट प्लेमा ‘डिज्यांगो’ आउँदैछ । जियो सिनेमामा सञ्जय दत्त र रविना टण्डनको ‘घुडचडी’ रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?