+
+

‘नरसिंहा अवतार’मा राजेश हमालको अपोजिटमा नीति शाह

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १३:२१

काठमाडौं । फिल्म ‘नरसिंहा अवतार’मा अभिनेता राजेश हमालको अपोजिटमा नीति शाह कास्ट हुने भएकी छन् । निर्देशक दिवाकर भट्टराईले अभिनेत्री शाहलाई लिड फिमेल भूमिकामा अनुबन्धित गरिएको जानकारी दिए ।

नीतिले पनि अनलाइनखबरलाई यो फिल्ममा आफू कास्ट भएको जानकारी दिइन् । केही महिनाअघि नीतिलाई साइन गराइए पनि मेकरले यो खबरलाई गोप्य राखेका थिए । नीतिको कास्टिङबारे औपचारिक जानकारी दिने तयारी छ ।

यसबारे निर्देशक भट्टराईले भने, ‘इमोसन र ब्युटीको हिसाबले उहाँ यसमा पर्फेक्टरुपमा प्रस्तुत हुँदै हुनुहुन्छ । दर्शकसँग कनेक्ट गर्ने भूमिकामा उहाँ देखिनुहुनेछ ।’

केही दिनमा राजेश र नीति दुवैले फिल्मको वर्कसप ज्वाइन गर्ने जनाइएको छ । यो एक्सन तथा सोसल ड्रामा फिल्मको छायांकन भदौ अन्त्यदेखि सुरु गर्ने तयारी छ ।

‘नरसिंहा अवतार’बाट राजेश हमाल पुनरागमनको तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?