+
+

सुन्दरीजल घुम्न गएका युवाको घट्टे खोलामा खसेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १३:३४

२५ साउन, काठमाडौं। गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीजल घुम्न गएका एक युवा मृत भेटिएका छन् ।

मृत फेला पर्नेमा महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल छन् । उनी शुक्रबार मृत अवस्थामा भेटिएका हुन् ।

सुन्दरीजल घुम्न गएको बेला बिहीबार साँझ घट्टेखोलामा खसेर उनी बेपत्ता भएका थिए ।

पौडेल वेपत्ता भएको भन्ने खबर आएपछि प्रहरी वृत्त बौद्धको घटनास्थल पुगेर खोजीमा जुटेको थियो ।

सो क्रममा शुक्रबार उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?