+
+

प्युठानको बिजुवारमा प्रभु बैंकको नयाँ शाखा 

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १३:५५

काठमाडौं । प्रभु बैंक लिमिटेडले प्युठान नगरपालिका-४ स्थित बिजुवारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

२५ साउनमा जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जीसीले बैंकको ३१५औं शाखाको उद्घाटन गरेका हुन् ।

सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ देशका विभिन्न स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।  जसले समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने विश्वास बैंकको छ ।

बिजुवार शाखा मार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?