+
+

माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १६:३५

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इक्यान) झापा बीच विशेष बैंकिङ सेवा प्रदान गर्ने विषयमा व्यावसायिक सम्झौता भएको छ ।

सम्झौतापत्रमा इक्यान झापाका अध्यक्ष रोशन सुवेदी र माछापुच्छ्रे बैंकका सहायक महाप्रबन्धक भरतकुमार लम्सालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार इक्यान झापामा आवद्ध परामर्शदातालाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ सेवाहरू सरल र सहज रुपमा उपलब्ध गराउनेछ ।

साथै इक्यान झापामा आवद्ध परामर्शदाताको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्विफ्ट पेमेन्ट मार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?