+
+

नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै १ करोड, बालक धेरै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १६:४७

२५ साउन, काठमाडौं । नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै एक करोड रहेको देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ ।

जस अनुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ । यो कुल जनसंख्याको ३३.८ प्रतिशत हिस्सा हो ।

जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७९ जना रहेको छ । बालबालिकामध्ये बालकको संख्या धेरै देखिएको छ । कुल जनसंख्यामा भने पुरुषको तुलनामा महिला धेरै छन् ।

कार्यालयका अनुसार देशभर रहेको बालबालिको संख्यामध्ये बालक ५१.८ प्रतिशत र बालिका ४८.२ प्रतिशत रहेका देखिन्छ ।

कुल जनसंख्यामा भने पुरुषको तुलनामा महिलाको जनसंख्या ६.५ लाखले धेरै देखिएको छ । बालबालिकाको मात्र हिसाव गर्दा बालकभन्दा बालिका ३.६ लाख कम छन् ।

बालबालिकामध्ये १० देखि १४ वर्षसम्मका बालबालिकाको संख्या अधिक देखिएको छ । यस वर्गमा कुल बालबालिकाको २९.५ प्रतिशत हिस्सा देखिन्छ । त्यसपछि क्रमशः ५ देखि ९, ४ वर्ष भन्दा कम र १५ देखि १७ वर्षसम्मका बालबालिका देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?