+
+

छुटेको ६ दिनमै सुन चोरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १६:४३

२५ साउन, धनगढी। धनगढीमा चोरी मुद्दामा पाँच वर्ष कैद भुक्तान गरि छुटेको हप्ता दिन नपुग्दै चोरी आरोपमा एक युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-१८ फुलबारी बस्ने ३१ वर्षीय हर्कबहादुर गिरीलाई बिहीबार सुन र चाँदीका गरगहना चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले धनगढी उप-महानगरपालिका-४ बसपार्कका योगेन्द्र ओझाको घरबाट नगरसहित चोरी गर्ने गिरीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार गिरीले घरमा कोही नभएको मोका बुधबार बिहान ओझाको घरबाट नगद २५ हजार नगद, अन्दाजी ६० तोला चाँदी र १५ तोला सुनका गरगहना चोरी गरेको खुलेको बिष्टले बताए ।

उनकाअनुसार सीसीटीभी फुटेजका आधारमा गिरीको पहिचान गरेर धनगढी उपमहानगरपालिका- १ स्थित अमन नेपाली बस्ने घरकोठाबाट पक्राउ गरिएको हो ।

गिरीको साथबाट चोरी गरिएको चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायल लगायतका अन्य विभिन्न किसिमका गरगहना, सिक्का, घडी र नगद ६ हजार १३५ बरामद गरिएको छ ।

गिरीलाई हिरासतमा राखेर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गिरी चोरी मुद्दामा जिल्ला अदालत कैलालीबाट ५ बर्ष कैद सजाय भएर २७ कात्तिक २०७७ देखि कारागार कार्यालय कैलालीमा कैद भुक्तान गरिरहेका थिए ।

१७ साउनमा कैद भुक्तान गरि छुटेका गिरी हप्ता दिन नबित्दै फेरि चोरी आरोपमा पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?