+
+

लोकार्नोका लागि स्वीट्जरल्याण्ड उडे शाहरुख, नेपालबाट को-को जाँदैछन् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १६:५१

काठमाडौं । स्वीट्जरल्याण्डमा आयोजना हुने विश्वप्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलमा सहभागी हुन बलिउड सुपरस्टार शाहरुख खान त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई त्यहाँ ‘करिअर अचिभमेन्ट अवार्ड’ प्रदान गरिने जनाइएको छ ।

शाहरुख मुम्बई एयरपोर्टमा देखिएका तस्वीर सेयर भइरहेका छन् । फेस्टिभल चाहिं बिहीबारदेखि नै सुरु भइसकेको छ । महोत्सवमा जेन क्याम्पियन, अल्फेन्सा कुरोन र आइरिन जैकबलाई पनि सम्मान प्रदान गरिने जनाइएको छ ।

शनिबार शाहरुखलाई भारतीय फिल्मलाई विश्वका दर्शकमाझ लैजान उनले दिएको योगदानका लागि ‘पार्दो अल्ला क्यारीरा अवार्ड’ प्रदान गरिनेछ ।

अगस्ट ११ मा शाहरुख सिनेमा ग्रानरेक्समा हुने सार्वजनिक कुराकानीमा पनि संलग्न हुनेछन् । विश्वभरका प्रशंसकलाई ग्लोबल आइकनको यो कुराकानी सुन्ने अवसरका लागि लाइभ स्ट्रिम पनि गरिने भएको छ ।

शाहरुखले सन् १९९३ को थ्रिलर ‘बाजीगर’मा उत्कृष्ट भूमिका निर्वाह गरेदेखि नै बलिउडमा राज गर्दै आएका छन् । उनी अभिनित दिलवाले दुल्हनिया ले जायेंगे, कुछ कुछ होता है, देवदास, कल हो ना हो जस्ता क्लासिक फिल्म अहिले पनि उत्तिकै रुचाइन्छन् ।

नेपालबाट निर्देशक भाम र अभिनेत्री ल्हामो जाने

यसपटकको लोकार्नो फिल्म फेस्टिभलको अर्को आकर्षण भनेको नेपाली फिल्म ‘शाम्बाला’को विशेष स्क्रिनिङ पनि हो । त्यसका लागि निर्देशक मीनबहादुर भाम, अभिनेत्री थिन्ले ल्हामोसहित फिल्मका कलाकार शनिबार स्वीट्जरल्याण्डतर्फ जाँदैछन् ।

थिन्ले शनिबार बिहान उड्नेछिन् भने भाम सोही दिन बेलुका त्यसतर्फ जाने कार्यक्रम छ । अभिनेता सोनम तोप्देन भने यतिबेला अमेरिकामा छन् । अनलाइनखबरसँग कुरा गर्दै अभिनेत्री ल्हामोले आफूहरु विशेष स्क्रिनिङ, त्यसपछि आयोजना हुने पत्रकार सम्मेलन र रेडकार्पेटमा सहभागी हुने बताइन् ।

‘शाम्बाला’ नेपालमा भने भदौ २८ गते रिलिज तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?