+
+

इराक सरकारले ल्यायो बालिकाले ९ वर्षमै बिहे गर्न पाउने विवादास्पद कानुन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १७:०७

२५ साउन, काठमाडौं । विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएको छ । यसअनुसार महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न सक्नेछन् ।

हालको इराकी कानुनमा विवाहका लागि १८ वर्ष उमेर तोकिएको छ । इराकको कानुन मन्त्रालयले संसदमा पेश गरेको विधेयकमा विवाहका लागि धार्मिक कानुन वा फौजदारी कानुन रोज्ने अधिकार दिइएको छ ।

यसको महिला अधिकारकर्मीहरुले आलोचना गरेका छन् । यो कानुन पास भएमा ९ वर्ष पुगेका बालिका र १५ वर्ष उमेर पुगेका बालक विवाह गर्न योग्य हुनेछन् ।

यसले बालविवाह बढ्ने चिन्ता छ । साथै यसले किशोरीहरुको शिक्षा, स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने मानवअधिकारवादी संघ सस्थाको चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?