+
+

नेपालका ७१ प्रतिशत परिवारमा १८ वर्ष मुनिका कम्तीमा एक बालबालिका

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १७:१६

२५ साउन, काठमाडौं । नेपालका ७१.३ प्रतिशत परिवारमा कम्तीमा एक जना १८ वर्ष मुनिका बालबालिका रहेको देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ । जसमध्ये देशभर ७१.३ प्रतिशत परिवारमा कम्तीमा एक जना १८ वर्ष मुनिका बालबालिका रहेको तथ्यांकले देखाएको छ ।

देशभर ६६ लाख ६६ हजार ९३७ परिवार छन् । जसको ७१.३ प्रतिशत परिवारमा बालबालिका रहेको देखिएको छ ।

सबैभन्दा धेरै तराईका ७६.१ प्रतिशत परिवारमा बालबालिकाको बसोबास रहेको छ । सबैभन्दा कम पहाडका परिवारमा कम बालबालिकाको बसोबास रहेको कार्यालयको तथ्यांकले देखाएको छ ।

अर्ध सहरी (७६.४ प्रतिशत) र ग्रामीण (७०.५ प्रतिशत) क्षेत्रको तुलनामा सहरी क्षेत्रमा सबैभन्दा कम (६५ प्रतिशत) परिवारमा बालबालिका रहेको देखिन्छ । बागमती र गण्डकी प्रदेशका परिवारमा अन्य प्रदेशको तुलनामा कम देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?