+
+

नयाँपाटीको धागो उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १७:३३

२५ साउन, काठमाडौं । काठमाडौंको नयाँपाटीमा रहेको एक धागो उद्योगमा आगलागी भएको छ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा रहेको  एक धागो फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार दिउँसो साढे ४ बजेबाट धागो फ्याक्ट्रीमा लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

ओलढुंगाको लिखु गाउँपालिका–४ घर भएका ५९ वर्षीय बुद्धिबहादुर कार्कीले सञ्चालन गरेको मनकामना वुल क्राडिङ प्रालि कारखानामा आगलागी भएका  एसपी अधिकारीले बताए ।

अहिले ५० जना प्रहरी, नेपाली सेनाका २५ जनाको टोली र स्थानीयहको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीको कारण खुलिसकेको छैन ।

काठमाडौं महानगरपालिकाको ३ वटा दमकल परिचालन गरिएको छ । ललितपुर महानगरपालिकाबाट पनि दमकल गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?