+
+

अमेरिका पठाउने भन्दै ५४ लाख ठगी गरेको आरोपमा महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १७:५१

२५ साउन, काठमाडौं । अमेरिका पठाउने भन्दै ५४ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा अर्घाखाँची पाणिनी गाउँपालिका–७ दुविचौरकी २१ लक्ष्मी माझी छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको तारकेश्वरबाट बिहीबार पक्राउ गरेको हो ।

उनले अमेरिका पठाइदिने र मासिक २ लाख आम्दानी हुने भन्दै ५४ लाख ७ हजार ८७० रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकी माझीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?