+
+

भारतीय विदेश सचिव आइतबार नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १८:३०

२५ साउन, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने भ्रमणका लागि आउने भएका छन् ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री २७ साउन, आइतबार नेपाल आउने भएका हुन् ।

भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?