+
+

बढुवा भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १८:४२

२५ साउन, काठमाडौं। विभिन्न दर्जामा बढुवा भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सहायक रथीबाट २२ साउनमा उपरथीमा बढुवा भएका मधकुर सिंह कार्कीलाई कामु प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरे । बढुवा भएसँगै कार्कीको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सहसंयोजकमा नियुक्त गरिएको छ ।

त्यसैगरी सहायक रथीमा बढुवा भएका प्राविधि डेन्टिष्ट डा समीर अर्याल, जगदीश खड्का र अमृत काजी गुरुलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

महासेनानी पदमा बढुवा भएका शैलेन्द्र कोइरालालाई शुक्रबारनै सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमकाबीच दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

त्यस्तै सि सं. ६१ अधिकृत आधार तालिममा छनौट भई इन्डियन मिलिटरी एकेडेमीबाट अधिकृत आधारभूत तालिम सम्पन्न गरी काठमाडौं फर्किएका ४ जना अधिकृत क्याडेटलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?