+
+

ललितपुरको इन्ट्रान्स क्याफेलाई विभागले तिरायो २ लाख जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १८:५९

२५ साउन, काठमाडौं । ललितपुरको द इन्ट्रान्स क्याफेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

वस्तुको रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि चाकुपाटस्थित क्याफेलाई सो रकम बराबर जरिबाना तिराइएको विभागले जनाएको छ ।

विभागको नियमित अनुगमनका क्रममा सो कैफियत देखिएको समेत जनाइएको छ ।

शुक्रबार विभागले कागेश्वरी मनोहरास्थित स्थित मसला उद्योगमा सिलबन्दी गरेको छ । सो उद्योगलाई कागजातसहित २४ घण्टामा उपस्थित हुन निर्देशन दिइएको समेत विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?