+
+

बागमती एमालेबाट बरालको बिदाइ, भट्टराईलाई स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १९:३६

२५ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष गुरुप्रसाद बरालले आगामी चुनावमा एकल बहुमत आउने आधार तयार भएको बताएका छन् ।

अहिलेसम्म तयार भएको संगठनात्मक उपलब्धि नै मिसन–०८४ सफल हुने आधार भएको बरालले बताए ।

‘एक तहको संगठनात्मक उपलब्धि प्राप्त भएको छ । राजनीतिक–वैचारिक रुपमा प्रष्ट हुने काम भएको छ’ उपाध्यक्ष बरालले भने, ‘यही संगठनात्मक उपलब्धि र वैचारिक प्रष्टताकै आधारमा आउने चुनावबाट एमाले पहिलो शक्ति बन्नेछ ।’

यसअघि बराल बागमती प्रदेश इन्चर्ज थिए । तर गत हप्ताको सचिवालय बैठकले बराललाई उपाध्यक्षमा बढुवा गर्दै नयाँ जिम्मेवारी दिएको छ ।

बागमतीमा भने डा.राजन भट्टराई इन्चार्ज भएर आएका छन् । शुक्रबार बरालको बिदाइ र भट्टराईको स्वागत कार्यक्रम राखिएको थियो ।

आफ्नो स्वागत कार्यक्रममा भट्टराईले पार्टीलाई एकताबद्ध बनाएर बढाउने बताएका छन् । बागमती मुलुककै राजधानी प्रदेश समेत भएकाले मिसन–०८४ को लक्ष्यका निम्ति अर्थपूर्ण सन्देश दिनेगरी काम गर्नुपर्ने उनले बताएका छन् ।

‘एकताबद्ध एमालेले मात्र मिसन ०८४ पुरा गर्न सक्छ । त्यसैले एकता हाम्रो पहिलो सर्त हो’, भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?