+
+

अन्य स्थानीय तहसँग मिलेर ‘एग्रो पुलिङ’ गर्दै काठमाडौं

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १५:४८

२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘एग्रो पुलिङ’ कार्यक्रम अन्तर्गत देशभरिका स्थानीय तहसँग सहकार्य गरेर काठमाडौंमा बजार व्यवस्थापन गर्ने भएको छ ।

स्थानीय प्रांगारिक कृषि उपजको उचित मूल्य सहितको बजार सुनिश्चित गर्न र काठमाडौंका उपभोक्तालाई सुपथ मूल्यमा स्वच्छ, सफा र सुरक्षित कृषि उपजहरू उपलब्ध गराउन ‘एग्रो पुलिङ’ कार्यक्रम कार्यान्वयन गर्न लागिएको सूचनामा उल्लेख छ ।

महानगरको आर्थिक वर्ष २०८१/८२ को  बजेट तथा कार्यक्रममा ‘एग्रो पुलिङ’ ल्याएको थियो ।  महानगरका अनुसार  देशभरिका  किसानहरू महानगरको एग्रो पुलिङ  बजारमा आवद्ध हुन सक्नेछन् ।

एग्रो पुलिङमा किसानहरूले आफ्नो स्थानीय तहमा सम्पर्क गर्न तथा स्थानीय तहहरूले आफ्नो कार्यपालिकाको निर्णय सहित काठमाडौं महानगरमा सम्पर्क गर्न महानगरले जारी गरेको सूचनामा छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?