+
+

‘रावायण’को पोस्टर : फिल्म एसिड आक्रमणको घटनामा आधारित छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १९:४४

काठमाडौं । भदौ २१ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘रावायण’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् ।

शाह गम्भीर भावमा देखिँदा शर्मा चाहिँ आक्रोशित मुडमा देखिएकी छन् । पोस्टरको पृष्ठभूमिमा एसिड आक्रमणका दोषीलाई कार्वाही गर्न भन्दै भैरहेको प्रदर्शनको धमिलो दृश्य देखिन्छ ।

पोस्टर हेर्दा यसबारे स्पष्ट नहुने भएपनि निर्माताले प्रेषण गरेको विज्ञप्तिमा एसिड आक्रमणको कुरा उल्लेख छ । यसको अर्थ, फिल्मको पृष्ठभूमि यसतर्फ लक्षित रहेको अनुमान गर्न सकिन्छ ।

यसअघि शाहलाई मात्र फिचर्ड गरिएको पोस्टर सार्वजनिक गरिएको थियो । दोस्रो पोस्टरमा भने निर्मात्री समेत रहेकी शर्मालाई पनि समेटिएको छ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पूजा हुन् । सुशन पाठक कार्यकारी निर्माता हुन् ।

फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ । एक्सनपूर्ण टिजर पनि सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?