+
+

फिल्म ‘ह्रस्व दीर्घ’को गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते २०:००

काठमाडौं । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ ।

नाग पञ्चमीको अवसरमा शुक्रबार ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ युट्युवमा सार्वजनिक भएको हो । गीतमा कलाकार नीता ढुंगाना र हरिहर अधिकारी फिचर्ड छन् ।

गीतमा दुर्गेश थापाको संगीत निर्देशन, शब्दर रचना र एरेञ्ज छ । पाश्र्वसंगीतमा थापाको यो डेब्यु हो । गायनमा उनलाई सदीक्षा कट्टेलल साथ दिएकी छन् ।

सुष्मा सुनामको नृत्य निर्देशन छ । नीता फिल्मस्को प्रस्तुतिमा फिल्म निर्माण भएको हो । कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

ब्रम्हानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीको अभिनय छ ।

चन्द्र पन्तको यो डेब्यु नेपाली निर्देशकीय फिल्म हो । यो फिल्म नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?