+

डानी ओल्मो बार्सिलोनामा अनुबन्ध

२०८१ साउन  २५ गते २०:१३ २०८१ साउन २५ गते २०:१३
डानी ओल्मो बार्सिलोनामा अनुबन्ध

२५ साउन, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले डानी ओल्मोलाई अनुबन्ध गरेको छ । स्पेनका प्लेमेकर ओल्मोलाई बार्सिलोनाले जर्मन क्लब आरबी लाइपजिगबाट अनुबन्ध गरेको हो ।

२६ वर्षीय ओल्मोले बार्सिलोनासँग ६ वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । बार्सिलोनाले ओल्मोका लागि ६० मिलियन युरो खर्च गरेको बीबीसीले जनाएको छ । उनको रिलिज क्लब ५०० मिलियन युरो राखिएको छ ।

युथ लेभलमा बार्सिलोनामै रहेका ओल्मो सन् २०१४ मा क्रोएसियन क्लब डाइनामो जाग्रेब गएका थिए । स्पेनले कीर्तिमानी चौथो पटक युरो जित्दा ओल्मो युरो २०२४ को संयुक्त रुपमा सर्वाधिक गोलकर्ता पनि हुन् ।

बार्सिलोनाले विज्ञप्ति जारी गर्दै ओल्मोले जहाँ खेलेपनि उनको व्यक्तिगत क्षमता र टिममेट खेल्ने क्षमता राम्रो रहेको जनाएको छ ।

ओल्मोले आरबी लाइपजिगमा रहँदा दुई पटक जर्मन कपको उपाधि जितेका थिए । उनले लाइपजिगलाई धन्यवाद पनि दिएका छन् ।

डानी ओल्मो बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय