+
+

‘घरज्वाइँ’को जापान प्रदर्शनमा मिरुना सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते २०:१४

काठमाडौं । अभिनेत्री मिरुना मगर जापान प्रस्थान गर्ने भएकी छन् । आइतबार राजधानी टोकियोमा प्रदर्शन हुन लागेको आफू अभिनित फिल्म ‘घरज्वाइँ’को स्क्रिनिङमा उनको सहभागिता हुनेछ ।

नेपाल मगर संघ जापानको आयोजनामा यो फिल्म जापानव्यापी रिलिज हुन लागेको हो । अगस्ट ११ मा टोकियो, १४ मा नागोया र ओसाका शहरमा फिल्म स्क्रिनिङ हुने विज्ञप्तिमा उल्लेख छ ।

सिजुओका, फुकुओका, क्योटो, हिरोसिमा, ओकिनावा लगायतका शहरमा पनि फिल्म प्रदर्शन हुने जनाइएको छ । दर्शकको मागअनुसार अभिनेत्री मगरलाई बोलाइएको संस्थाका अध्यक्ष रामहरि खपांगीले बताए ।

प्रदर्शनमा नेपाली राजदूत दुर्गाबहादुर सुवेदीसहित गैरआवासीय नेपाली संघका प्रतिनिधिको पनि सहभागिता हुने जनाइएको छ । पूर्वी रुकुमस्थित तकसेरा, बाच्चिगाउँ र लुगुम गाउँमा छायांकन गरिएको फिल्मले मगर समुदायमा प्रचलित घरज्वाइँ प्रथालाई उठान गरेको छ ।

अनिल बुढा मगरको निर्देशन र जनक घर्ती मगरको निर्माण रहेको फिल्ममा दयाहाङ राई र मिरुना मगरको अभिनय छ । यो फिल्म शुक्रबारदेखि ५औं हप्तामा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?