+

स्पेनले जित्यो पेरिस ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण

२०८१ साउन  २६ गते ७:५२ २०८१ साउन २६ गते ७:५२
स्पेनले जित्यो पेरिस ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण

२६ साउन, काठमाडौं । आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५-३ ले पराजित गर्दै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ ।

शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले रोमाञ्चक जित निकालेको हो ।

स्पेनले ओलम्पिमा पुरुक्ष फुटबलका जितेको यो दोस्रो स्वर्ण हो । यसअघि सन् १९९२ मा स्पेनले स्वर्ण जितेको थियो । १९८४ मा पहिलो पटक फुटबलम स्वर्ण जितेको फ्रान्सको घरेलु मैदानमै स्वर्ण जित्ने चाहना भने पूरा हुन सकेन ।

निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जहाँ कामेलोले १००औं मिनेटमा गोल गर्दै स्पेनको अग्रता ४-३ बनाएका थिए भने अतिरिक्त समयमको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।

त्यसअघि खेलको सुरुमा फ्रान्सले गोल गर्दै अग्रता लिएपनि कायम राख्न सकेन । एन्जो मिलोटले ११औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर फर्मिन लोपेजले १८औं मिनेटमा स्पेनका लागि बराबरी गोल गरे । पर्मिनले नै २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाएका थिए । एलेक्स बाएनाले २८औं मिनेटमा गोल गरेपछि स्पेनले पहिलो हाफको आधा घण्टामै ३-१ को अग्रता बनायो ।

निर्धारित समयमै स्पेनले खेल जित्ने संकेत देखाएको थियो । तर फ्रान्सले पनि पुनरागमन गर्‍यो । ७९औं मिनेटमा मागनेस अच्लिउचोले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । त्यसपछि दोस्रो हाफको इन्जुरी टाइममा जिन फिलिपि माटेटाले पेनाल्टीमा गोल गरेपछि फ्रान्सले खेल ३-३ को बराबरी गर्दै अतिरिक्त समयमा पुर्‍याय । अतिरिक्त समयमा कामेलो नायक बन्दा स्पेनले खेल जित्यो ।

पेरिस ओलम्पिक फुटबल स्पेन स्वर्ण पदक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय