+
+

निराशालाई चिर्ने गरी काम गर्छौं : उपप्रधानमन्त्री सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २६ गते ११:५७

२६ साउन, काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन् ।

आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्ने बताए ।

अहिलेको सरकार विशिष्ट अवस्थामा बनेको बताउँदै उनले राजनीति निकास र आर्थिक विकासका लागि काम गर्ने बताए ।

आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उनले मतदाताकै चाहनाअनुसार काम गर्ने बताए ।

उनले केही दलहरूले निराशा र अस्थिरता बढाउने गरी भ्रम छरेकाले त्यसलाई रोक्ने गरी काम गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?