+
+

अनलाइनखबरकर्मी मरहट्टा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २६ गते १५:०३

२६ साउन, गोरखा । अनलाइनखबरकर्मी विकास मरहट्टा सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर शनिबार राष्ट्रिय युवा परिषदले उनलाई सम्मान गरेको हो ।

पत्रकारिताको माध्यमबाट सूचना तथा सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको परिषदले बताएको छ । उनी विगत एक दशकदेखि पत्रकारिता पेशामा संक्रिय छन् ।

परिषद र रिटर्नी माइग्रेन्ट नेपाल गोरखा जिल्ला समितिको संयुक्त आयोजनामा शनिबार जिल्ला सदरमुकाममा भएको एक कार्यक्रमका बीच दोसल्ला र कदर पत्रले मरहट्टालाई सम्मान गरिएको रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेश सदस्य एवं जिल्ला संयोजक कृष्ण सिं बस्न्यातले बताए । गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले उनलाई दोसल्ला ओडाएर कदर पत्र प्रदान गरेका हुन् ।

कार्यक्रमकै अवसरमा पत्रकार भीमलाल श्रेष्ठ, जिल्लाका राष्ट्रिय स्तरका खेलाडीहरु मक्करबहादुर गुरुङ, होमबहादुर थापा, रामकुमार श्रेष्ठ, अमृत थापा मगर र बृद्ध लामा पनि सम्मानित भएका छन् ।

त्यस्तै वैदेशिक रोजगारबाट फर्किएर स्वेदशमै उद्यम गरिरहेका उद्यमीहरुमध्येबाट कुमार गुरुङ, बालकृष्ण अधिकारी, कुलबहादुर खड्का, शम्शेर राना र मदन गुरुङलाई पनि सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?