+
+

बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २६ गते १५:४६

२६ साउन, काठमाडौं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । उनले राजीनामा दिएका अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बंगलादेशको पत्रिका द डेली स्टारले जनाएको छ ।

‘हाम्रा प्रधानन्यायाधीशले केही मिनेट अगाडि राजीनामा दिनुभएको छ । उहाँको राजीनामा पत्र कानुन मन्त्रालयमा आइसकेको छ । हामी यो पत्र ढिला नगरी राष्ट्रपति समक्ष पठाउनेछौं’, उनले शनिबार दिउँसो फेसबुकमा पोस्ट गरेको भिडिओमा भनेका छन् ।

शनिबार बिहान १० बजेतिर प्रदर्शनकारीको एक समूहले बंगलादेशको सर्वोच्च अदालतबाहिर प्रधानन्यायाधीश र ७ जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । कानुनमन्त्री नजरुलले अरु न्यायाधीशको भने राजीनामा नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?