+
+
माओवादी स्थायी समिति बैठक :

बृहत् वाम एकताका लागि पहल गर्ने प्रचण्डको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २६ गते २०:३७

२६ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत् वाम एकताका लागि पहल गर्ने प्रस्ताव पार्टी स्थायी समिति बैठकमा राखेका छन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चासँगै बृहत् वाम एकताका लागि पहल गर्ने प्रस्ताव गरेका हुन् । जनता बृहत वाम एकता र कम्युनिस्ट पार्टी पुनर्गठनको पक्षमा रहेको भन्दै प्रवत्ता अग्नि सापकोटाले भने, ‘एकपल्ट बिग्रियो भनेर सधैंका लागि बिग्रिन होइन । बृहत् वामपन्थी एकता गर्दै अगाडि बढ्दा, अरु पार्टीहरु आउँदै गर्दा खासखास नेताहरु अहिले कम्युनिस्ट पार्टीको पुनर्गठन नचाहे पनि अन्तिममा अनिवार्य छ ।’

त्यसअघि पार्टीमा शुद्धीकरण अभियान चलाउने र एकताबद्ध बनाउने प्रचण्डले बताएका छन् ।

पार्टीको आठौं महाधिवेशनले गरेको विचारको संश्लेषण गर्दै नयाँ ढंगले बहस गर्नुपर्ने उनले बताए । पार्टीमा शुद्धीकरण अभियान चलाउने, नयाँ कार्यक्रम सहित जनतामा जाने प्रचण्डको जोड छ ।

उनको प्रस्तावमाथि बोल्ने नेताहरुले पनि शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले बताए । उनले अगाडि भने, ‘अलिकति प्रदूषित भएको सबैले स्वीकार गरेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?