+
+

अब च्याट जिपिटीबाट सित्तैमा बनाउन सकिन्छ एआई तस्वीर, यसरी बनाउनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २६ गते १९:३०

ओपन एआई कम्पनीको लोकप्रिय आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट प्लाटफर्म च्याट जिपिटीमा एउटा बहुप्रतिक्षित फिचर थपिएको छ ।

सो नयाँ फिचरसँगै अब च्याट जिपिटीका प्रयोगकर्ताले निशुल्क रुपमा सजिलैसँग एआई तस्वीर तयार गर्न सक्नेछन् ।

कम्पनीले आफ्नो एक्स प्लाटफर्ममा जनाए अनुसार च्याट जिपिटीमा जारी गरिएको नयाँ अपडेटसँगै अब यसको निशुल्क संस्करणका प्रयोगकर्ताले समेत Dall-E 3 को सहयोगमा एआई तस्वीर बनाउन सक्नेछन् ।

च्याट जिपिटीका आम प्रयोगकर्ताले अब यसबाट एक दिनमा दुईवटा एआई तस्वीर बनाउन सक्नेछन् ।

स्मरण रहोस् यसअघि च्याट जिपिटीबाट एआई तस्वीर बनाउने सुविधा केवल प्रिमियम अर्थात् सशुल्क प्रयोगकर्ताका लागि मात्रै उपलब्ध थियो । जसलाई अहिले निःशुल्क संस्करणमा पनि लागू गरिएको छ । यद्यपि यसमा एउटा सीमा राखिएको छ ।

अर्थात् च्याट जिपिटीको निःशुल्क भर्सनमा प्रयोगकर्ताले एक दिनमा दुईवटासम्म मात्र एआई तस्वीर बनाउन सक्नेछन् । धेरै तस्वीर बनाउनका लागि यसको प्रिमियम भर्सन खरीद गर्नुपर्नेछ ।

च्याट जिपिटीबाट तस्वीर कसरी बनाउने ?

च्याट जिपिटीबाट एआई तस्वीर बनाउन निकै सजिलो छ । यसलाई तपाईंले वेबसाइट र मोबाइल फोन दुबैबाट गर्न सक्नुहुन्छ ।

सर्वप्रथम च्याट बक्समा गइसकेपछि आफूले जुन तस्वीर बनाउन चाहेको हो त्यो लेख्नुपर्नेछ । त्यसपछि मात्रै ३० सेकेण्ड भित्रमा च्याट जिपिटीले तपाईंका लागि एआई तस्वीर तयार पारिदिनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?