+

इन्डोर टी-१० क्रिकेटको उपाधि मिक्समाण्डुलाई

२०८१ साउन  २६ गते २०:१८ २०८१ साउन २६ गते २०:१८
इन्डोर टी-१० क्रिकेटको उपाधि मिक्समाण्डुलाई

२६ साउन, काठमाडौं । भक्तवीर सिंह इन्डोर टि-१० क्रिकेट प्रतियोगिताको उपाधि मिक्समाण्डुले जितेको छ ।

शनिबार रातोपुलस्थित भेलोसिटी एरिना इन्डोर क्रिकेटमा भएको प्रतियोगिताको फाइनल खेलमा मिक्समाण्डुले मिक्समाण्डु लेजेन्ड्सलाई १४ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

मिक्समाण्डुले दिएको ११२ रनको लक्ष्य पछ्याएको लिजेण्ड्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ९७ मात्र बनाउन सक्यो ।

लिजेण्ड्सका लागि विवेक राना मगरले सर्वाधिक ५३ तथा सुमनले १७ रन बनाए । आदित्य १३ रनमा अविजित रहँदा उत्तम थापा मगरले ५ रन जोडे ।

मिक्समाण्डुका लागि रुपेश श्रीवास्तवले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको मिक्समाण्डुले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १११ रन बनाएको थियो ।

मिक्समाण्डुका लागि इशान पाण्डेले ३५ तथा रित गौतमले ३२ रन बनाए ।

च्याम्पियन भएसँगै मिक्समाण्डुले १ लाख ८० हजार नगद, ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्‍यो । उपविजेता लिजेन्ड्सले भने ८० हजार नगद, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्‍यो ।

सर्वोत्कृष्ट ब्याटरमा ब्याकयार्ड ब्रुका सन्देश कार्की, उत्कृष्ट बलर ललित भण्डारी र उत्कृष्ट फिल्डर महेश विष्ट भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पाए । प्लेयर अफ द टुर्नामेन्ट भएका विधान श्रेष्ठले १० हजार रुपैयाँ पाए ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय