+
+

युट्युबकी पूर्व सीईओ सुसानको निधन

एजेन्सी एजेन्सी
२०८१ साउन २७ गते ७:१४

युट्युबकी पूर्व प्रमुख कार्यकारी अधिकृत तथा गुगल कम्पनीका सुरुवाती कर्मचारी मध्येकी एक सुसान वज्सिकीको ५६ वर्षको उमेरमा निधन भएको छ ।

गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले २ वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित रहेकी सुसानको निधन भएको जानकारी दिएका छन् ।

सोसल मिडिया प्लाटफर्म एक्समा एक पोस्ट गर्दै पिचाइले सुसानको निधनबाट आफू निकै दु:खी भएको भन्दै उनी गुगलको इतिहासको केन्द्र भागमा रहेकी उल्लेख गरेका छन् ।

कुनै बेला कहिल्यै नसुनिएका गुगलका सर्वाधिक महत्वपूर्ण व्यक्तिको रुपमा समेत चर्चा हुने गरेकी सुसान सन् १९९८ मा गुगल कम्पनीको स्थापनाको बेलामै उपस्थित थिइन् । उनले मेन्लो पार्कस्थित आफ्नो ग्यारेज नै सर्च इन्जिन कम्पनी गुगलका संस्थापक सर्गेइ ब्रिन र ल्यारी पेजलाई भाडामा दिएकी थिइन् ।

त्यसबेला चिप मेकर कम्पनी इन्टेलमा कार्यरत सुसानलाई ब्रिन र पेजले गुगलमा आउन मनाएका थिए र उनी गुगलको १६औं कर्मचारीको रुपमा भित्रिएकी थिइन् ।

उनले प्रमुख कार्यकारी अधिकृतको रुपमा ९ वर्षसम्म गुगलको भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबलाई हाँकिन् । गत वर्ष सन् २०२३ मा मात्रै उनले आफ्नो परिवार, स्वास्थ्य र व्यक्तिगत रुचिको विषयमा केन्द्रित हुने भन्दै युट्युबको सीईओ पदबाट राजीनामा दिएकी थिइन् ।

सुसान विश्वको प्रविधि उद्योगमा उच्च व्यवस्थापकीय भूमिका निर्वाह गर्ने निकै कम महिलामध्ये एक थिइन् ।

सन् २०१३ मा बीबीसीसँग कुरा गर्दै उनले भविष्य डिजिटल रुपमा प्रभावी हुने भन्दै युवती तथा किशोरीहरुलाई प्रविधि क्षेत्रमा प्रवेश गर्न प्रोत्साहन गर्नुपर्ने बताएकी थिइन् ।

कोभिड १९ महामारी कालमा समेत युट्युबको नेतृत्वको गरेकी सुसानको कार्यकाल चुनौतीपूर्ण रहनुका साथै विवादित पनि बन्यो ।

युट्युबले अनलाइन गलत सूचना प्रवाह गर्ने गरेको भन्दै युट्युबको व्यापक आलोचना भएको थियो । सन् २०२२ मा तथ्यजाँच गर्ने धेरै संस्थाहरुले उनलाई पत्र लेख्दै युट्युब विश्वमा गलत तथा भ्रामक सूचना प्रवाह गर्ने मुख्य पात्र रहेको आरोप लगाएका थिए ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?