+
+

युट्युबमा नयाँ फिचर, प्रयोगकर्ताले छानेको समयमा भिडियो आफैं रोकिने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते ७:२७

भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबले एक नयाँ फिचरमा काम गरिरहेको छ, जसको नाम हो स्लीप टाइमर ।

हाल युट्युबका बीटा प्रयोगकर्ताका लागि परीक्षणका रुपमा उपलब्ध गराइएको यो फिचरले युट्युबमा चलिरहेको भिडियोलाई पूर्वनिर्धारित समयमा आफैं बन्द गराउँछ ।

समाचार अनुसार युट्युबको स्लीप टाइमर फिचर सुरुमा प्रिमियम प्रयोगकर्ताका लागि लञ्च गरिनेछ । यो फिचरमा एआईको प्रयोग हुनेछ ।

युट्युबले एउटा अर्को फिचरमा पनि काम गरिरहेको छ । जसबाट युट्युबका सामग्री सर्जकहरुले एआई प्लाटफर्म जेमिनीबाट भिडियो आउटलाइन तयार पार्न सक्नेछन् । यसका साथै जेमिनीको सहयोगबाट युट्युब भिडियोको विषयवस्तुको बारेमा अवधारणा र थम्बनेलका लागि समेत सुझाव प्राप्त गर्न सकिनेछ ।

युट्युबले नयाँ स्लीप टाइमर फिचरका बारेमा औपचारिक रुपमा जानकारी गराएको छ । जसमा भनिएको छः अब तपाइँले कुनै भिडियोको प्ले ब्याक समय (अर्थात् भिडियो कतिबेर सम्म चलाउने) भन्ने कुरा आफै निर्धारण गर्न सक्नुहुन्छ । त्यसपछि तपाइँले तय गरेको समयसीमा सकिएसँगै युट्युबको उक्त भिडियो आफै रोकिनेछ ।
यो फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताले एक सेटिंग गर्नुपर्ने हुन्छ । त्यसक ालागि स्मार्टफोन वा वेब भर्सनमा सेटिंग्स मेन्यूमा गएर भिडियो इन्टरफेस आइकनमा ट्याप गरी समय निर्धारण गर्न सकिन्छ । त्यहाँ स्लीप टाइमरका लागि १०, १५, २०, ३०, ४५ र ६० मिनेटको समयको विकल्प उपलब्ध हुन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?