+
+
कनेक्टिङ कर्णाली :

काठमाडौंमा डोल्पा (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १०:०६
जगदुल्ला गाँउपालिकाम अवस्थित जगदुल्ला ताल । यो ताल समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको छ ।

२७ साउन, काठमाडौं । काठमाडौंमा डोल्पाका तस्वीर, भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन जारी छ ।

शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्ने भन्दै ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त डोल्पा जिल्लाको प्रर्दशनी सुरु गरिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको डोल्पा जिल्ला झल्कने गरी काठमाडौंमा तस्वीर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामग्रीहरू प्रर्दशनी सुरु भएको छ ।

मनघरी फाउण्डेशनको आयोजनामा नयाँ बानेश्वरस्थित एनबी सेन्टरको उमोजा क्याफेमा शनिबारदेखि सुरु भएको प्रर्दशनी आगामी सोमबारसम्म जारी रहने छ ।

संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादित सामग्रीहरू मार्फत कर्णालीका सम्भावना र सुन्दरतालाई पस्कने क्रममा असार महिनामा दैलेखको प्रर्दशनी गरेका थियो भने साउन महिनामा डोल्पा जिल्ला प्रर्दशन गर्न लागिएको कनेक्टिङ कर्णालाका परिकल्पनाकार मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।

प्रर्दशनीमा डोल्पा जिल्लामा अवस्थित धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित डोल्पा जिल्ला झल्कने गरी ३ वटा तस्वीरकासाथै डोल्पा जिल्लाई केन्द्रित गरी कर्णाली झल्कने भिडियो प्रर्दशनी र उत्पादित सामग्री प्रर्दशनीमा राखिएको आयोजकले जनाएको छ ।

अहिले देशको सबैभन्दा स्वच्छ उद्योगका रुपमा पर्यटन क्षेत्र नै छ ।

जुन क्षेत्रका लागि कर्णाली प्रदेश विल्कुल नयाँ गन्तव्य बन्न सक्ने अथाह सम्भावना छन् । तर तिनिहरुको उचित प्रचार प्रसार हुन सकेको छैन, यही कुरालाई मनन् गर्दै कार्यक्रम गर्न लागेको अध्यक्ष भरतबन्धु थापाले बताए ।

प्रर्दशनीमा टेक शाहीका ४ वटा तस्वीर, जगे बुढाका २ वटा तस्वीर र डा सुरज उपाध्याय, रामचन्द्र बस्नेत, रामचन्द्र न्यौपाने र डब्लु डब्लु एफको एक/एक वटा तस्वीर रहेको छ भने बाँकी तस्वीरहरु भरतबन्धु थापा रहेका छन् । प्रर्दशन गरिएका भिडियोहरु टेक शाही र मनघरी फाउण्डेशनले तयार पारेका हुन् ।

फोक्सुन्डो ताल

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित यो ताल ३ हजार ६११ मिटरको उचाइमा डोल्पा जिल्लामा अवस्थित छ । यस तालको लम्बाइ ४.८ कि मी, चौडाइ १.६ किमि कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल वाई आकारको छ ।

माथिल्लो डोल्पाको द्यो नजिकै रहेको विद्यालय अध्ययन पश्चात घरतर्फ जाँदै गर्दा विद्यार्थीहरू ।
खेतमा काम गर्दै माथिल्लो डोल्पाको द्यो तरापमा स्थानीयहरू
फाफरको लगर (रोटी) बनाउदै स्थानीय महिला ।
जिराना चुट्किला नाच नाच्दै स्थानीयहरू । यो नाच बर्खे झरीको समयका साथै विशेष गरी दशैं र भदौ पूर्णिमा नाचिन्छ ।
मुकुटेश्वर हिमाल,यो हिमाल त्रिपुरासुन्दरी नगरपालिकामा पर्दछ । धार्मिक हिसावले महत्तवपूर्ण मानिने डोल्पाको हिमालहरू मध्य एक हो । बर्सेनि सयौंको संख्यामा विभिन्न जिल्लाबाट यहाँ आउने गर्दछन् । सतिदेवि अङ्गलाई काधमा राखेर विश्राम गरेको स्थलका रुपले पनी प्रख्यात रहेको हो ।

माथिल्लो डोल्पा पदगमार्ग हुँदै फोक्सुण्डो तालतर्फ जाँदै पदयात्रीहरू ।

फोक्सुन्डो ताल ।

तस्वीरहरू : कनेक्टिङ कर्णाली अभियान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?