+
+

काठमाडौं आइपुगे भारतीय विदेश सचिव

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १०:५३

२७ साउन, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।

मीश्रीलाई स्वागत गर्न परराष्ट्र सचिव सेवा लम्साल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् । मीश्री लम्सालकै निमन्त्रणामा नेपाल आएका हुन् ।

नेपालमा कांग्रेस-एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । विदेश सचिव बनेलगत्तै मिश्रीले पहिलो भ्रमण भने भुटानमा गरेका थिए ।

नेपाल भ्रमणका क्रममा उनले नेपाल-भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?