+
+

टेलर स्वीफ्टलाई उछिन्दै अरिजित सिंह बने स्पोटीफाइमा धेरै पछ्याइने संगीतकर्मी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १२:४३

काठमाडौं । केही समययता भारतीय गायक अरिजित सिंह र अमेरिकी गायिका टेलर स्वीफ्टबीच विश्वप्रसिद्ध म्युजिक प्लाटफर्म स्पोटीफाइमा ‘धेरै पछ्याइने संगीतकर्मी’को उपाधिका लागि प्रतिस्पर्धा चलिरहेको छ ।

यतिबेला यो प्रतिस्पर्धामा अरिजित स्वीफ्टलाई उछिन्दै ‘स्पोटीफाइ’मा विश्वमा सबैभन्दा धेरै पछ्याइने संगीतकर्मी बनेका छन् । सिंहलाई ११७.२ मिलियनले पछ्याएका छन् ।

सिंहलाई स्वीफ्टले भन्दा २१ हजार बढीले पछ्याएका छन् । तर मासिक श्रोताको गणनामा भने सिंहभन्दा स्वीफ्ट धेरै अगाडि छिन् । गायिका स्विफ्ट ११७.१८ मिलियन फलोअर्ससहित दोस्रो स्थानमा छिन् ।

११५.०१ मिलियन फलोअर्ससहित बेलायती गायक एड सीरन तेस्रो स्थानमा छन् । ९८ मिलियन फलोअर्ससहित एरियाना ग्राण्डे र ९६ मिलियन फलोअर्ससहित बिली एलिस क्रमशः चौथो र पाँचौं स्थानमा छन् ।

अगस्ट २०२३ मा  अरिजित सिंहले स्वीफ्टलाई उछिनेर छोटो समयका लागि जित हासिल गरेका थिए । तर स्वीफ्ट पुनः अगाडि आइन् । स्पोटीफाइमा १०० मिलियन पार गर्ने पहिलो भारतीय कलाकार बनेपछि अरिजित हेडलाइन बन्दै आएका छन् ।

अरिजित बाहेक एआर रहमान ४९ मिलियन फलोअर्सका साथ शीर्ष २० मा अटाउने अर्का भारतीय कलाकार हुन् ।

स्वीफ्टले यस वर्ष ‘द टचर्ड पोएट्स डिपार्टमेन्ट’ एल्बम रिलिज गरेकी थिइन् । अरिजितले ‘लापता लेडीज’बाट सजिनी, ‘चन्दु च्याम्पियन’बाट सत्यानास र तू है च्याम्पियन र मुन्ज्याबाट थैनु खबर नही जस्ता फिल्मका गीतसँगै एकपछि अर्को सफलता प्राप्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?