+

सिफन हसानले ओलम्पिक कीर्तिमानसहित जितिन् महिला म्याराथनमा स्वर्ण

२०८१ साउन  २७ गते १५:०९ २०८१ साउन २७ गते १५:०९
सिफन हसानले ओलम्पिक कीर्तिमानसहित जितिन् महिला म्याराथनमा स्वर्ण

२७ साउन, काठमाडौं । नेदरल्याण्ड्सकी सिफन हसानले पेरिस ओलम्पिक महिला म्याराथनमा स्वर्ण पदक जितेकी छन् ।

इथियोपियामा जन्मेकी हसानले २ घण्टा २२ मिनेट ५५ सेकेण्डको ओलम्पिक कीर्तिमानी समय निकाल्दै म्यारथनमा स्वर्ण जितेकी हुन् । यसअघि सन् २०१२ को लण्डन ओलम्पिकमा इथियोपियाकी टिकी गेलनाले २ घण्टा २३ मिनेट ०७ सेकेण्डको कीर्तिमान राखेकी थिइन् ।

हसनले पेरिस ओलम्पिकमा तीन इभेन्टमा प्रतिस्पर्धा गर्दा तीनवटैमा पदक जितिन् भने म्याराथनमा स्वर्ण जितेकी हुन् । उनले यसअघि महिला ५ हजार र १० हजार मिटरमा कांस्य जितेकी थिइन् ।

इथियोपियाकी टिग्स्ट हसफाले २ घण्टा २२ मिनेट ५८ सेकेण्डमा दूरी पूरा गर्दै रजत जितिन भने केन्याकी हेलेन ओबिरीले २ घण्टा २३ मिनेट १० सेकेण्ड समय निकाल्दै कांस्य जितिन् ।

महिला म्याराथनमा विश्व कीर्तिमान भने केन्याकी पेरेस जेपचिरचिरको नाममा छ । उनले सन् २०२४ अप्रिलमा २ घण्टा १६ मिनेट १६ सेकेण्डमा म्यारथन पूरा गर्दै विश्व कीर्तिमान बनाएकी थिइन् ।

पेरिस ओलम्पिक सिफन हसान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय