+
+

जग्गा विवादमा महिलाको हत्या, श्रीमान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते २०:३३

२७ साउन, विराटनगर । अंश विवादमा मोरङको सुन्दरहरैँचामा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या भएको हो ।

हत्यामा संलग्नको आरोपमा प्रहरीले उनका श्रीमान ५८ वर्षीय लक्ष्मण नेपाललाई पक्राउ गरेको छ ।

सामान्य विवादमा लक्ष्मणले आइतबार बिहान ११ बजेतिर श्रीमतीमाथि खुकुरी प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ । खुकुरी प्रहारबाट गम्भीर घाइते महिलाको नोबेल शिक्षण अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अंश विवादका कारण उक्त घटना भएको हो ।

नेपाल दम्पतीले किनेको १६ धुर जग्गा किनेर पवित्राको नाममा थियो । दुई जनाबीच झगडा भएपछि एक अर्काविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

लक्ष्मणले अदालतमा जग्गा रोक्कासम्बन्धी मुद्दा हालेका थिए । पवित्राले घरेलु हिंसा र मानाचामल सम्बन्धी मुद्दा दर्ता गरेकी थिइन् । तर अदालतले दुवैलाई मिलापत्र गराएको थियो ।

मिलापत्रपछि पनि माइत बसेकी श्रीमतीलाई मिलेर बस्नुपर्छ भन्दै लक्ष्मणले घरमा बोलाएर आइतबार खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । पत्नीको हत्यामा संलग्न भएको आरोपमा लक्ष्मणलाई घरबाटै पक्राउ गरेको डीएसपी बस्नेतले बताए ।

भतिजीको हत्या आरोपमा काका पक्राउ

प्रहरीले नाबालिकाको हत्या आरोपमा सुनसरीको इटहरीबाट एक जनालाई पक्राउ गरेको छ ।

शनिबार इहटरी उपमहानगरपालिका– ५ मा डेढ वर्षीया नाबालिका आइन्सु लुइँटेलको हत्यामा संलग्न भएको आरोपमा ३० वर्षीय शालिग्राम लुईंटेल पक्राउ परेका हुन् । शालिग्राम आइन्सुका काका हुन् ।

शनिबार अपरान्ह इटहरी–५ मा डेरा गरी बस्दै आएका लुईंटेलले दाजु नवराज लुईंटेलको डेढ बर्षीया छोरी आइन्सु लुईंटेललाई आफ्नै डेरामा धारीलो ब्लेडले काटेर हत्या गरेका प्रहरीको भनाइ छ ।

घटनालगत्तै प्रहरीले लुईंटेललाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?